Nepalese – दम र गभार्वस्था

दम गर्भावस्थाको समयमा सबैभन्दा हुने स्वास्थ्य सम्बन्धि अवस्था हो।

दुर्भाग्यवश, यदि गर्भावस्थाको समयमा दम राम्रोसँग नियन्त्रण गर्न सकिएन भने, यसले आमा र बच्चा दुवैको लागि अन्य स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।

जब दम राम्रोसँग नियन्त्रण हुँदैन, गर्भवती महिलाहरूमा निम्न जोखिमहरू हुन्छन्:

  • गर्भकालीन मधुमेह – रगतमा धेरै मात्रामा ग्लुकोज (चिनी) भएको अवस्था
  • गर्भकालीन उच्च रक्तचाप (प्रि-एक्लेम्पसिया) – यसमा गर्भावस्थाको समयमा उच्च रक्तचाप हुने हुन्छ र धेरै गम्भीर हुन सक्छ

बच्चामा यि कुराहरु हुन सक्छ:

  • ३७ हप्ता भन्दा पहिले जन्म
  • कम जन्म तौल
  • अस्पतालमा अतिरिक्त समय बिताउन आवश्यक

सुसमाचार यो हो कि जब तपाईंको दम राम्रोसँग हेरचाह गरिन्छ, तपाईंको स्वस्थ गर्भावस्था हुने सम्भावना धेरै हुन्छ। तपाईंको दमको हेरचाह गर्नु पनि तपाईंको बच्चालाई दमको जोखिम कम गर्ने उत्तम तरिकाहरू मध्ये एक हो।

केे गभार्वस्थाले मेरो दममा असर गछर््?

तपाईं गर्भवती हुँदा दमका लक्षणहरू परिवर्तन हुन सक्छन्। प्रत्येक ३ जना महिलामा १ जनामा, लक्षणहरू झनै खराब हुन्छन्।

यो जानकारी पढेर र आफ्नो चिकित्सकलाई जँचाएर, तपाईंले राम्रो तयारी गर्न सक्नुहुन्छ।

मेरो दम ि◌नयन्त्रणमा छ भन्ने मैले कसरी थाहा पाउने?
  • तपाईं आफ्नो सबै सामान्य गतिविधिहरू गर्न सक्षम हुनुहुन्छ
  • तपाईं दमको लक्षणको कारण राती उठ्नु हुन्न
  • यदि तपाईंमा दमका लक्षणहरू छन् भने, ती एक हप्तामा २ दिनभन्दा बढी हुँदैनन्
  • तपाईंले आफ्नो राहत दिने औषधि प्रति हप्ता २ दिन भन्दा बढी प्रयोग गर्न आवश्यक छैन।

यदि तपाईं गर्भवती हुँदा तपाईंको दम नियन्त्रणमा छैन जस्तो लाग्छ भने चाँडै मद्दत खोज्नुहोस्।

गभार्वस्थामा मेरो दमको हेरचाह गनर् म के गनर् सक्छु ?
  • तपाईं राम्रो महसुस गर्नु भएता पनि आफ्नो दमको बारेमा नियमित रूपमा आफ्नो चिकित्सक (चिकित्सक) लाई जचाउनुहोस् (हरेक ४-6 हप्तामा)।

 

  • लिखित दम कार्य योजना (Asthma Action Plan) प्राप्त गर्नको लागि आफ्नो चिकित्सक सँग कुरा गर्नुहोस्। यदि तपाईंसँग पहिले नै दम छ भने, तपाईंको चिकित्सकलाई तपाईंको गर्भावस्थाको सुरुमा नै यसलाई समीक्षा गर्न भन्नुहोस्।

 

  • आफ्नो प्रसूति चिकित्सक र/वा सुडेनीलाई भन्नुहोस् कि तपाईंलाई दम छ। तिनीहरूलाई तपाईंको लिखित दम कार्य योजनाको प्रतिलिपि दिनुहोस्।

 

  • तपाईंले आफ्नो इनहेलर ठीकसँग प्रयोग गरिरहनु भएको छ कि छैन भनेर आफ्नो चिकित्सक वा स्वास्थ्य परिचारिका (नर्स) सँग जाँच गर्नुहोस् । यदि तपाईंको यन्त्रको लागि उपयुक्त छ भने स्पेसर प्रयोग गर्नुहोस्। अस्ट्रेलियाको राष्ट्रिय दम काउन्सिल (The National Asthma Council of Australia) र दम अस्ट्रेलिया (Asthma Australia) का वेबसाइटहरूमा विभिन्न प्रकारका इनहेलरहरू कसरी सही रूपमा प्रयोग गर्ने भन्ने भिडियोहरू छन्।

 

  • तपाईंको चिकित्सकले दिएको दमको औषधि सेवन गरिरहनुहोस्। दमको आक्रमण/असहजताहरू रोक्न यो महत्त्वपूर्ण छ। यदि तपाईंलाई सम्झन समस्या छ भने, तपाईंको इनहेलर तपाईंको दाँत माझ्ने ब्रशको छेउमा राख्न वा तपाईंको फोनमा सूचक (अलार्म) सेट गर्ने प्रयास गर्नुहोस्।

 

  • आफ्नो खोपको बारेमा अद्यावधिक रहनुहोस्। रुघा खोकी (फ्लू) जस्ता बिषाणु (भाइरल) संक्रमणहरूले दमबाट हुने असहजता वा आक्रमणहरू निम्त्याउन सक्छ। खोपहरूले नवजात शिशुहरूलाई रोग लाग्नबाट पनि सुरक्षा दिन्छ।

 

  • सुर्तिजन्य धुम्रपानबाट बच्नुहोस्। यदि तपाईं धुम्रपान गर्नुहुन्छ भने, यसले तपाईंको दमलाई अझ खराब बनाउन सक्छ। तपाईंको चिकित्सकले तपाईंलाई धुम्रपान छोड्न मद्दत गर्न सक्छ। गर्भावस्थाको समयमा वा पछि धुम्रपानको वरिपरि हुनु बच्चा र बच्चाहरूको लागि पनि हानिकारक छ। यसले बच्चाहरूलाई सास फेर्न समस्या हुने सम्भावना पनि बढाउन सक्छ।

 

  • स्वस्थ खाना खाने, व्यायाम गर्ने र तपाईंको दमलाई अझ खराब बनाउने चीजहरूबाट बच्न सक्दो प्रयास गर्नुहोस् (उदाहरणका लागि तपाईंलाई एलर्जी भएको चीजहरू, धुलो, बाहिरी धुवाँ) । यदि हे-ज्वरो / एलर्जीले दमलाई निम्त्याउँछ भने, यसको उपचारको बारेमा आफ्नो चिकित्सकसँग कुरा गर्नुहोस्।
यदि मेरो दम खराब भयो भने मैले के गर्ने?
  • तपाईंको लिखित दम कार्य योजना पछ्याउनुहोस् वा लक्षणहरू तथा पछ्याउने चरणहरू जाँच गर्न Asthma Australia को ASTHMA FIRST AID गाइड प्रयोग गर्नुहोस्।

 

  • यदि तपाईंका लक्षणहरू राम्रो देखिएन भने एम्बुलेन्सको लागि तीनवटा सून्य (०००) मा सम्पर्क गर्नुहोस्। एम्बुलेन्स र आकस्मिक कर्मचारीहरूलाई तपाईं गर्भवती हुनुहुन्छ भनी बताउन नबिर्सनुहोस्।

 

  • यदि तपाईंको दम कार्य योजना पालना गरेपछि तपाईंको लक्षणहरूमा सुधार भयो भने पनि अझै तपाईंको चिकित्सकलाई चाँडै भेट्नु महत्त्वपूर्ण हुन्छ।
के मेरो दमको औषधि गर्भावस्थाको समयमा लिन सुरक्षित छ?

दमका अधिकांश औषधिहरू गर्भावस्था र स्तनपानको समयमा लिन सुरक्षित छन्। तिनीहरूले तपाईंको बच्चालाई हानि गर्दैनन्।

तपाईं गर्भवती हुँदा तपाईंको चिकित्सकले तपाईंले लिदै गरेको औषधि परिवर्तन गर्न सक्छ। तर यदि तपाईंको चिकित्सकले तपाईंको दमको औषधि रोक्छ भने, तपाईंले किन भनेर र/वा दोस्रो राय खोज्नुपर्छ।

यदि तपाईंले आफ्नो चिकित्सकद्वारा अनुमोदित दमको औषधि प्रयोग गरेर आफ्नो दमलाई राम्रोसँग नियन्त्रणमा राख्नुहुन्छ भने यो तपाईं र तपाईंको बच्चाको लागि उत्तम हुन्छ। यसले तपाईं र तपाईंको बच्चाको अक्सिजनको स्तर स्वस्थ स्तरमा रहन सुनिश्चित गर्नेछ।

मेरो दमको बारेमा मैले मेरो चिकित्सकलाई कस्ता प्रश्नहरू सोध्नु पर्छ?

 १. के तपाईं कृपया जाँच गर्न सक्नुहुन्छ कि मैले मेरो दम इन्हेलर र/वा नाक स्प्रे सही रूपमा प्रयोग गरिरहेको छु?

२. के म लिखित दम कार्य योजना (Asthma Action Plan) पाउन सक्छु? (वा तपाईंले मेरो लिखित दम कार्य योजना अध्यवधिक छ कि छैन भनेर जाँच गर्न सक्नुहुन्छ?)

३. दमको कार्य योजनाको साथ लान, मेरो पहिलो / अर्को पूर्वप्रसूति भेटघाटमा लान मेरो हालको औषधिहरूको सूची पाउन सक्छु?

४.  मेरो दम राम्रो नियन्त्रणमा छ कि छैन भनेर म कसरी भन्न सक्छु?

५. यदि मेरो दम खराब भयो भने मैले के गर्नुपर्छ?

६. यदि म गर्भवती हुँदा मलाई गम्भीर दमको आक्रमण भयो भने मैले के गर्नुपर्छ?

दम कार्य योजना के हो?

दम कार्य योजना तपाईंको दमको व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट निर्देशनहरूको सेट हो। यो तपाईंको संलग्नताका साथ तपाईंको चिकित्सकद्वारा लेखिन्छ। दम कार्य योजनाको लक्ष्य भनेको तपाईंको दम लक्षणहरू रोक्न र नियन्त्रण गर्नु हो। गर्भवती महिला लगायत दम भएका सबैसँग दम कार्य योजना (Asthma Action Plan) हुनुपर्छ।

के मेरो दम प्रसव र जन्म को समयमा खराब हुनेछ?

यो धेरै दुर्लभ छ। यदि दमका लक्षणहरू प्रसवको समयमा देखा पर्छन् भने, तिनीहरू सामान्यतया सामान्य दमको औषधिहरूद्वारा उपचार गर्न सकिन्छ।

म दमको बारेमा थप जानकारी कहाँ पाउन सक्छु?

दम अस्ट्रेलिया (Asthma Australia) सँग प्रशिक्षित दम शिक्षकहरूसँग कुरा गर्न नि:शुल्क फोन सेवा छ जसले दमको बारेमा तपाईंका प्रश्नहरूको जवाफ दिन सक्छन्। यदि अंग्रेजी तपाईंको पहिलो भाषा होइन भने, अनुवाद तथा दोभाषे सेवा Translating and Interpreting Service (TIS National) लाई १३१ ४५० मा समपर्क गर्नुहोस् र तिनीहरूलाई १८०० २७८ ४६२ मा दम अस्ट्रेलिया (Asthma Australia) मा टेलिफोन सम्पर्क गराई दिनको लागि अनुरोध गर्नुहोस्।